खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा गौतम नियुक्त


काठमाडौं- सरकारले खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्‌को बिहीवारको बैठकले गौतमलाई चार वर्षका लागि आयोगको अध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ​

देशभरको खानेपानी र सरसफाइको महसुल निर्धारणको जिम्मा पाएको आयोगको दुई सदस्यमा यशोदा कार्की र कुलभूषण शर्मा नियुक्त भएका छन् ।

प्रतिक्रिया