वीरेन्द्रनगरको सःमिलमा आगलागी, करोडौंका मेसिन ध्वस्त, नियन्त्रणमा लिने प्रयास जारी


सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरको एक स–मिलमा आगलागी भएको छ ।

वीरेन्द्रनगरको वडा नं. ७ ईत्राम खोलास्थित शिव सुन्दर स–मिलमा बिहान ५ः३० बजे नै विद्युत् तार सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेको र सबै ध्वस्त भएको सञ्चालक देवीलाल पौडेलले जनाए । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

त्यहाँ नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया