

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ ।
बिहान ९ बजे बस्ने भनिएको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

