नाबालिकालाई यौन व्यवसायमा लगाउने तनहुँकी महिला पक्राउ


काठमाडौं – नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले तनहुँकी एक महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले तनहुँ जिल्लाको भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९  नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा रानालाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनी नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्छिन्। उनले गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेको आरोप छ।

एसपी पंगेनीका अनुसार पुजालाई गत बिहीबार पक्राउ गरेको हो। त्यसपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान गरिरहेको हो।

प्रतिक्रिया