रथी बढुवाका लागि सिफारिस सिग्देलविरुद्ध अख्तियारमा उजुरी


काठमाडौं – सेनामा रिक्त रथी पदका लागि बढुवा भएका उपरथी अशोक राज सिग्देलविरूद्ध अख्तियारमा उजुरी परेको छ । उमेरसम्बन्धी कैफियत देखिएकोले सेवाबाट हटाई आश्वक कारबाहीका लागि रक्षा मन्त्रालयलाई निर्देशन दिन माग गर्दै आयोगमा उजुरी परेको हो ।

आयोगमा बिहीबार दर्ता भएको उजुरीमा जन्म मिति सच्याइएको जनाउँदै यसअघि रथीमा सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले अख्तियारद्वारा रक्षा मन्त्रालयलाई दिएको निर्देशनपछि राजीनामा दिएको प्रसंग उल्लेख गर्दै उपरथी अशोकराज सिग्देलको हकमा पनि अख्तियारद्वारा छानबिनको माग गरिएको छ ।

उजुरीअनुसार पाण्डे र सिग्देल दुवै जनाको जन्ममिति सच्याउने एउटै प्रकारको काम भएकोले अख्तियारसमक्ष सेवाबाट हटाइ आवश्यक कारबाही गर्न माग गरिएको छ ।

स्मरण रहोस् उपरथी सिग्देलले यसअघि सिफारिस भएका ताराध्वज पाण्डेलाई कारबाहीको माग गर्दै लबिङ गरिरहेका थिए ।, जसअनुरुप पाण्डेले राजीनामा दिएका थिए । अहिले उनी आफैं सोही ‘खाडल’मा परेको पनि देखिएको छ ।

स्मरण रहोस् नेपाली सेनाको उच्च बरियतामा पाण्डेपछि बरियतामा रहेका उपरथी निर्मल कुमार थापाविरुद्ध पनि नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

 

प्रतिक्रिया