

मन्त्रिपरिषद्को सिफारिस पुगेको केही मिनेटमै राष्ट्रपतिले बोलाइन् संसद अधिवेशन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिस पुगेको केही मिनेटमै राष्ट्रपति भण्डारीले संसद आह्वान गरेको शितल निवासले विज्ञप्तिमार्फत जनाएको छ । ।
संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ।

