


रक्सी खाएर प्रहरीलाई कुटेको आरोपमा कांग्रेस प्रदेश सभापतिसहित २ पक्राउ

बागलुङ – प्रहरीलाई कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसका बागलुङका प्रदेश सभापतिसहित २ जना पक्राउ परेका छन् ।
बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।
गए राती बागलुङ जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा मादकपदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गरेको अभियोग प्रहरीले लगाएको छ । उनीसँगै ३५ वर्षिय निर्मल रानालाई पनि बागलुङ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपीं मदन केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

