शिक्षक माग्दै धनगढीका विद्यार्थीले घेरे उपमहानगरपालिका


कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका- १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षकको माग गर्दै आन्दोलित भएका छन् ।

उनीहरु हिजो (बुधबार)देखि उपमहानगर घेराउ गर्दै आन्दोलित बनेका हुन् । आज पनि विद्यार्थीहरुले विद्यालयको गेटमा तालाबन्दी गरेर धनगढी उपमहानगरपालिका परिसर अगाडी नाराबाजी गरिरहेका छन् ।

दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका थिए ।

गणित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भएपछि विद्यार्थीहरूले विषयगत शिक्षक माग गरेका छन् । उक्त विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया