२४ घण्टामा १ हजार २८३ मृतक थपिएसंगै, ५ लाख २५ हजार संक्रमितको मृत्यु


वासिङ्टन – अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २८३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २५ हजार ७७६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४९ हजार ४१२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९२ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ९६ लाख ९४ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९० लाख ३५ हजार २६२ जनामध्ये १४ हजार ७८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया