नेपाल सुपर लिगमा आज चितवन र काठमाडाैं भिड्दै


काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र काठमाडौं रेजर्सबीचको खेल हुँदैछ ।

खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

अघिल्लो संस्करणको विजेता काठमाडौं रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले पराजित गरेको थियो ।

एफसी चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित भएको थियो । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतिक्रिया