

उर्लाबारी आगलागीमा परेका थप १ को मृत्यु, मृतक संख्या ५ पुग्यो

विराटनगर — मोरङ उर्लाबारीको सुन पसलमा भएको आगलागीको घटनामा परेका थप एक जनाको मृत्यु भएको छ।
उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।
कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।
मोरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार रामनरेश मरितासहित हालसम्म पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ।

