

राजनीतिको कोर्स परिवर्तनमा नेकपा एसको भूमिका महत्वपूर्णः नेपाल

सुर्खेत – नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिको कोर्स परिवर्तनमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
सुर्खेतमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी पार्टी सकिन्छ कि भन्ने भ्रम नपाल्न आग्रह पनि गरे ।
नेपालले भने पार्टीमा आयराम र गयाराम भइरहन्छ । एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने कसैले भ्रम कसैले नपाले हुन्छ।
समाजवादी पार्टी छोड्ने भन्दा आउने मान्छेहरू धेरै रहेको नेपालको दाबी छ । अध्यक्ष नेपालले विचार मिल्ने पार्टीसँग एकताको ढोका खुलै रहेको समेत बताए ।

