पुनर्स्थापित संसद अधिवेशन २३ फागुन ४ बजे


काठमाडौं– सरकारले २३ फागुन अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन गर्ने औपचारिक निर्णय गर्दै राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको छ। यसअघि २३ फागुनमा बैठक बोलाउने छलफल भएको थियो। एक मन्त्रीका अनुसार औपचारिक निर्णय भने आज गरिएको हो।

प्रतिनिधि सभा विघटनको राष्ट्रपतिको निर्णय उल्टाउँदै सर्वोच्च अदालतले २४ फागुनभित्र बैठक राख्नका लागि परमादेश जारी गरेको थियो।

प्रतिक्रिया