

सुनको मूल्य ४०० ले बढ्यो, यस्तो छ आजको भाउ

काठमाडौँ – साताको दोस्रो दिन सुनचाँदीको भाउ बढेको छ। साताको अन्तिम दिन र पहिलो दिन ५/५ सयले घटेको सुनको भाउमा आज भने उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रहेको छ।
त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

