


कोशी प्रदेश सभा बैठक बस्दै

काठमाडौँ – कोशी प्रदेश सभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्ने छ ।
बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ।
यस्तै बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्धारा जारी सूचनामा उल्लेख छ।

