यता वार्ता, उता विप्लवका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आइतबार राती महोत्तरीको गौशाला नगरपालिका–११ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।

यता सरकारले भने उक्त समूहसँग वार्ता गरिरहेको र चाँडै सहमति हुने बताइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो मात्र झापमा सम्बोधन गर्ने क्रममा उक्त विषयको खुलासा गरेका थिए।

सरकारका तर्फबाट भने खानेपानी मन्त्री मणि थापाले वार्ता र सहमतिको खाका तयार पारिरहेको बताइएको छ।

प्रतिक्रिया