राष्ट्रिय सभा सदस्‍यको निर्वाचनका लागि नयाँ मतभार


काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्‍यको निर्वाचनका लागि नयाँ मतभार तोकेको छ।

आयोगले बुधबार प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार तोक्ने निर्णय गरेको हो ।

२०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।

आयोगले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको छ।

यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया