


समाजवादीका केन्द्रीय सदस्य बम एमालेमा फर्किए

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोपाल बम एमालेमा फर्किएका छन् ।
सोमवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा फर्किएका हुन् ।
२०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए ।
एमाले विभाजनमा सनाखत गर्ने माधव नेपालका २३ सांसदमध्ये उनी पनि एक थिए ।
बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताए ।

