रानीपोखरीमा छठ मनाउन नदिएकोमा सीके राउतको आपत्ति


जनकपुरधाम – जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले काठमाडौंको रानी पोखरीमा छठ पर्व मनाउन रोक लगाएकोमा आक्रोश पोखेका छन् ।

रानी पोखरीमा मधेशीहरुले छठ मनाउन नपाएको भन्दै सामाजिक सञ्जालमा डा. राउत आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्, ‘मधेशी राजा/रानीद्वारा ई. १६६७ मा हात्तीद्वारा कुल्चेर आफ्नो पुत्र चक्रवतेन्द्र मारिएको पुत्रशोकको कारणले बनाउन आदेश दिइएको रानी पोखरीमा आज मधेशीहरूले आफ्नो पुत्रहरूको दीर्घायुको लागि छठ व्रत बस्न नपाउँदा पक्कै पनि खिन्नताको बोध गरेका छन् ।’

‘पुरातात्त्विक संरक्षण कारण हो भने त केही छैन, तर शासकीय अहंकार हो भने यसको जबाफ पक्कै पनि समय आएपछि दिनेछौं’ उनले भनेका छन्, ‘काठमाडौंमा रहेका ऐतिहासिक दरबारदेखि टुँडालसम्म मधेशीहरूले बनाएको हो । काठमाडौंको स्वर्णिम काल नै मधेशीहरूले ल्याएको थियो, कुनै आक्रान्तहरूले होइनन् ।’

काठमाडौं महानगरपालिकाले रानी पोखरीमा छठ मनाउन रोक लगाएको छ । गत वर्ष पनि पोखरीमा सौन्दर्यीकरणको काम भइरहेकाले छठ मनाउन दिइएको थिएन ।

 

प्रतिक्रिया