
कांग्रेस सहकारी विभाग प्रमुखमा कँडेल मनोनित
काठमाडौं – नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कँडेललाई पार्टीको सहकारी विभाग प्रमुखमा मनोनित गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।
यसअघि सभापति देउवाले १६ वटा विभाग प्रमुख नियुक्त गरेका थिए । सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका थिए भने गत भदौमा १५ विभाग थपेका थिए ।




कागजपत्र |
