नेकपा एमालेको विशेष बैठक बस्दै


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेको विशेष बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भोली (शनिबार) पार्टी कार्यालयमा बस्ने गरी विशेष बैठक बोलाएका हुन् ।

बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उक्त बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ।

 

प्रतिक्रिया