विश्वकप क्रिकेटः अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको खराब सुरुवात


काठमाडौैं – आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलको दोस्रो खेलमा दक्षिण अफ्रिकाले खराब सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ रन बनाउँदा २ विकेट गुमाइसकेको छ ।

दक्षिण अफ्रिकाका दुवै ओपनर ब्याट्सम्यान क्वीन्टन डी कक र तेम्बा बाभुमा क्रमशः ३ र शुन्य रनमा आउट भएका छन् ।

यसअघि पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै भारत फाइनल प्रवेश गरिसकेको छ । आजको खेलको विजेताले विश्वकप क्रिकेट उपाधिका लागि भारतसँग खेल्ने छ ।

प्रतिक्रिया