


टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ : शेखर कोइराला

काठमाडौं – कांग्रेस महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।
नेता कोइरालाले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् । उनले भनेका छन्, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु ।’
साथै उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरण: गराउन चाहेको पनि उल्लेख गरेका छन् ।
सरकारले सोमबार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । हिँडेको टिप्पणी गरेका छन् ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् ।
‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’
महामन्त्री थापाले सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोपसमेत लगाएका छन्, ‘सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ उनले लेखेका छन् ।

