राप्रपा केन्द्रीय सदस्यसहित दर्जनाैं राप्रपा नेपालमा प्रवेश


पोखरा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

शुक्रबार राप्रपा नेपाल कास्कीले चाउथेमा आयोजना गरेको कार्यक्रममा राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पुर्वकोषाध्यक्ष ऋषि सापकोटा, नेता खेम बहादुर गुरुङ, गुरुदत्त पहाडी, नेविसंघका बिराज कार्कीलगायत पनि राप्रपा नेपाल प्रवेश गरेको नेता राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

प्रवेशीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छाड्ने दाबी गरे ।

प्रतिक्रिया