‘सरकारका नातेदारले अदालतलाई कमजोर ठान्छन्’ (प्रचण्डले बुझाएको जवाफ)


काठमाडौं– आफ्ना अभिव्यक्तिले सर्वोच्च अदालतको मानाहानी नभएको दाबीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित जवाफ बुझाएका छन्।

आइतबार सर्वोच्चमा उपस्थित भएर बुझाएको जवाफी पत्रमा उनले भनेका छन्,‘सरकार र सरकारका नातेदारले अदालतलाई कमजोर ठानेका छन्। मैले अवहेलना गरेको छैन। कार्यकारी प्रमुखले राखेको बदनियतलाई प्रष्ट पारेको हुँ।’

उनले आफ्ना अभिव्यक्तिबाट कहिँ कतै अदालतको अवहेलना नहुने जिकीर गरेका छन्।

प्रतिक्रिया