

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्च अदालत जाँदै प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) सर्वोच्च अदालत जाँदै छन्। आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा लिखित जवाफ पेश गर्न प्रचण्ड सर्वोच्च अदालत जाने भएका हुन् ।
गत पुस ५ गते सरकारको सफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गर्ने घोषण गरे सँगै प्रतिनिधिसभा असंवैधानिक रुपमा विघटन भएको भन्दै सर्वोच्च अदालमा १३ बटा रिट दायर भएका थियो । उक्त रिट संवैधानिक इजलासमा सुनुवाइको क्रममा रहेका बेला विभाजित नेकपा दाहाल-नेपाल समुहले प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै विभिन्न चरणको सभा समारोह र र्यालीको प्रदर्शन गरेका थिए ।
सोही क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत माघमा विराटनगरमा आयोजित विरोध सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा दायर गरेका थिए ।
जसमा गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
अदालतको अवहेलनाकै मुद्दामा यसअघि चार पूर्वप्रधानन्यायाधीश, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन् ।

