जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकाले दियो स्वीकृति


वासिङ्टन – एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले आधिकारिक रुपमा स्वीकृति दिएको छ।

यो खोपलाई स्वीकृति दिने अमेरिका विश्वको पहिलो मुलुक हो। अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो। अब फाइजर तथा मोदेर्नाकोसँगै अमेरिकामा तेस्रो खोपलाई पनि प्रयोगको अनुमति मिलेको छ। यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ।

एक पटक मात्रै दिए पुग्ने र आम रुपमा रेफ्रिजिरेटरमा स्टोर गर्न सकिनु यो खोपको सबैभन्दा विषेश र महत्वपूर्ण पक्ष हो। फाइजर तथा मोदेर्ना खोप दुई पटक दिनु पर्छ तथा भण्डारणका लागि पनि डिपफ्रिजरको आवश्यकता पर्छ।

 

प्रतिक्रिया