
विश्वकप प्रवेशका लागि नेपालले युएईको सामना गर्ने
काठमाडौं – आसन्न टी—२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ ।
जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने छ ।
नेपाल समूह एको उपविजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो।
यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। उक्त खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने भएकाे छ ।



कागजपत्र |
