नेपाल ५ रनले पराजित


काठमाडौं — नेपाल ओमानसँग ५ रनले पराजित भएको छ ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो । विवेक यादवले सुरूवाती ४ बलमा १९ रन बनाएर आउट भएपछि नेपाललाई अन्तिम दुई बलमा ७ रन आवश्यक परेको थियो । त्यतिबेला अविनाश बोहोरा स्ट्राइकमा रहेका बेला उनले १ रन दिएर अन्तिम बलका लागि करण केसीलाई स्ट्राइक दिएका थिए । अन्तिम बलमा छक्का चाहिएको बेला करण केसी क्याचआउट भएपछि नेपालले खेल गुमाएको हो ।

अन्तिम ओभरमा ओमानका विलाल खानले २ विकेट लिएका थिए ।

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए।

आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

प्रतिक्रिया