यस्तो छ राष्ट्रसंघ महासचिव गुटेरेसले नेपालको संसदमा गरेको सम्बोधन (पूर्णपाठ)


काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गरेका हुन्।

सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरे ।

महासचिव गुटेरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट नेपालले भोगेको असर, नेपालले पछिल्ला २० वर्षमा हासिल गरेको प्रगतिलगायत विषयमा चर्चा गरे ।

उनले नेपाल विश्वकै साथी भएको बताए। त्यसैले विश्वले पनि नेपाललाई साथी मान्नुपर्ने बताए ।

 

प्रतिक्रिया