

कुशल मल्लको विस्फोटक ब्याटिङसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं – नेपाल विश्वकप छनोटअन्तर्गतको खेलमा सेमिफाइनल प्रवेश गरेको छ ।
मलेशियाविरुद्धको दोस्रो खेलमा ६ विकेटको जित हात पारेसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।
मलेशियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल मल्लले विस्फोटक अर्धशतकको साथमा जित दिलाए । उनले ३४ बलमा ६५ रनको पारी खेले । उनले ७ छक्का र २ चाैका हानेका थिए ।
त्यसअघि कुशल भुर्तेलको विस्फोटक पारिसँगै उत्कृष्ट सुरुवात गरेको नेपालले भुर्तेल ४३ रन बनाउँदै आउट भए । भुर्तेलले ४ चौका र ४ छक्काको मद्धतले २५ बलमा ४३ रन बनाएका थिए ।
त्यस्तै अर्को ओपनर आशिफ शेख ३२ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल २ रनमा आउट भएका थिए । नेपालका सन्दीप जोरा १८ रनमा नटआउट रहे । त्यस्तै विवेक यादवले २ रन बनाए ।
मलेशियाका लागि मोहम्मद अमिरले ३ विकेट लिएका थिए भने पवनदीप सिंहले १ विकेट लिएका थिए ।
त्यसअघि मलेशियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १/१ विकेट हात पारेका थिए ।

