

नेपाललाई पहिलो झड्का, कुशल भुर्तेल ४३ रनमा आउट

काठमाडौं – विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ।
नेपालले ४९ रन जोड्दा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो। भुर्तेलले ४३ रन जोडे। उनले २५ बलमा ४ छक्का र ४ चौका हिर्काए।
नेपालले ७ ओभरमा १ विकेट गुमाएर ६२ रन जोडेको छ। अहिले नेपालका लागि कुशल मल्ल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् ।

