


सामान्य अंकले बढ्यो सेयर बजार, नेप्से ३.०४ अंकले बढ्दा ६९ करोडको काराेबार

काठमाडौं – सेयर बजार ३.०४ अंकले बढेको छ ।
चालु साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।
सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

