प्यालेस्टाइनको समर्थनमा विश्वभर लाखौँ मानिस सडकमा उत्रिए


एजेन्सी – गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा हमला जारी राखेको छ । इजरायलले गरेको हवाई हमला र बामबारीमा परेर हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायलको कारबाहीमा हालसम्म ७ हजार बढी सर्वसाधारणको मृत्यु भएको छ । यसमध्ये २ हजारभन्दा बढी बालबालिका रहेका छन् भने महिलाहरू पनि धेरै सङ्ख्यामा मारिएका छन् ।

इजरायले आफ्नो कारबाहीलाई झनै भीषण बनाउँदै गर्दा यसको विरोध तथा प्यालेस्टाइनको समर्थनमा विश्वभर प्रदर्शनहरू भइरहेका छन् ।

विश्वका कयौँ देशमा प्यालेस्टाइनको झण्डा बोकेर मानिसहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । उनीहरूले इजरायलको क्रूर आक्रमणको विरोध गर्दै युद्धविरामको माग गरेका छन् ।

अहिले बेलायत, इटाली, लेबनान, मलेसिया, अमेरिका, नर्वे, भारतलगायतका देशमा प्यालेस्टाइनको झण्डा बोकेर मानिसहरू सडकमा उत्रेर प्रदर्शन गरिरहेका छन् । (तस्बिर रोयटर्सबाट)

palestine protest (13)

palestine protest (9)

palestine protest (10)

palestine protest (8)

palestine protest (6)

palestine protest (5)

palestine protest (4)

palestine protest (3)

प्रतिक्रिया