नागढुंगामा कार दुर्घटना, ३ जना घाइते


काठमाडौं – काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ । सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रतिक्रिया