

उपसभापति र महामन्त्रीद्वयलाई छलफलका लागि बोलाए देउवाले

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय र महामन्त्रीद्वयलाई छलफलका लागि बोलाएका छन्।
उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग सभापति देउवाले छलफल गर्न लागेका छन्। निवास धुम्बाराहीमा सोमबार अपराह्न ४ बजे छलफल हुनेछ।
कोशीमा विकसित राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमाथि सभापति देउवाले उनीहरूसँग कुराकानी गर्न लागेका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक भनेर नबोलाइएको बताए। ‘सभापति, उपसभापतिहरू र महामन्त्रीहरू दिनहुँजसो छलफल हुन्छ, आज पनि त्यसैको निरन्तरता हो,’ उनले भने।

