

महेश बस्नेतलाई झाँक्रीको काउन्टर, ‘९० मिनेटपछि ओलीले आत्मघाती गोल गर्दै पराजय चुने’

बागलुङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले ९० मिनेटपछिको खेलमा आत्मघाती गोल गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पराजयको बाटो चुनेको बताएकी छन्।
शुक्रबार बागलुङमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेत्री झाँक्रीले प्रतिनिधि सभा पुनःस्थापनापछि ओली समूहका नेता महेश बस्नेतले एक गोल मात्र खाएको खेल बाँकी रहेको भन्ने अभिव्यक्तिलाई काउन्टर दिँदै यसो भनेकी हुन्।
उनले निर्वाचन आयोगलाई तुरुन्तै दल विवादको विषयमा निरूपण गर्न अपिल गर्दै भनिन्,‘अब केपी, बादल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझीबाहेकको कम्युनिस्ट पार्टी बन्नेछ।’

