आजदेखि आइफोन-१५ नेपाली बजारमा


काठमाडौं – नेपालमा पनि एप्पलको आइफोन १५ सिरिज भित्रिएको छ । एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबारदेखि भित्रिएको हो ।

नेपालमा आईफोन १५ को १३ मोडल उपभोक्ताले खरिद गर्न सक्नेछ । जसमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छ । बजारमा १२८ जीबीको आईफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

२५६ जीबीको आईफोन १५ को मूल्य एक लाख ७६ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको दुई लाख १४ हजार पाँच सय रूपैयाँ तोकिएको छ। त्यस्तै, आईफोन १५ प्लसमा १२८ जीबीको एक लाख ७६ हजार पाँच सय रूपैयाँ, २५६ जीबीसहितको आईफोन १५ प्लसको एक लाख ९५ हजार पाँच सय रूपैयाँ र ५१२ जीबीको आईफोन १५ प्लसको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आईफोन १५ प्रो अन्तर्गत १२८ जीबीको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ, २५६ जीबीको मूल्य दुई लाख १४ हजार पाँच सय रूपैयाँ, ५१२ जीबीको दुई लाख ५३ हजार र एक टीबी क्षमताको आईफोन १५ प्रोको मूल्य दुई लाख ९० हजार पाँच सय रूपैयाँ तोकिएको छ।

आईफोन १५ प्रो म्याक्स पनि तीन वटा स्टोरेज क्षमतामा उपलब्ध हुनेछ। २५६ जीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य दुई लाख ३३ हजार पाँच सय रूपैयाँ तोकिएको छ।

५१२ जीबीको आईफोन १५ प्रो म्याक्सको बजार मूल्य दुई लाख ७१ हजार पाँच सय रूपैयाँ र एक टीबी क्षमता भएको आईफोन १५ प्रो म्याक्सको मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँसम्म तोकिएको छ। नेपाली बजारमा भने औपचारिक रुपमा जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले भित्र्याएको हो ।

प्रतिक्रिया