

प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता

सुर्खेत – नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्राे पावर कम्पनीको बीचमा सम्झौता भएको छ ।
प्रदेश प्राधिकरण र नलगाड हाइड्राेपावरबीच विद्युत खरिद ,बिक्रीको सम्झौता भएको हो । नलगाड हाइड्राे पावरले निर्माण गर्न लागेको ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको लागि सम्झौता भएको हो ।
ताक्सुगाड जलविद्युत आयोजना नलगाड जलविद्युत आयोजना निर्माणका लागि चाहिने आवश्यक पावरका लागि बनाउन लागिएको हो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तासुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने बिधुतलाई केन्द्रिय बिधुत प्रसारण लाइनमा जोड्नका लागि नेपाल विधुत प्राधिकरण कर्णाली प्रदेश कार्यालय र नलगाड हाईड्रोपावर कम्पनी बीच सुर्खेतमा सम्झौता पत्रमा हस्ताक्षर भएको बताए ।
ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने मन्त्री बस्नेतको भनाई छ ।

