

एसीसी यू–१९ प्रिमियर कपः इरानविरुद्ध नेपालको शानदार ब्याटिङ, ३० ओभरमा बन्यो २६५ रन

काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा इरानविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ । सुरुवातमै दुई झड्का ब्यहोरेको नेपाली पारीलाई कप्तान देव खनाल र दीपक बोहोराले सम्हाल्दै विस्फोटक ब्याटिङ गरेका छन् ।
नेपालले ३० ओभर ब्याटिङ गर्दा २६५ रन बनाएको छ । नेपालका लागि कप्तान देव खनाल १०० रन बनाएका छन् ।
अहिले नेपालका दीपक डुम्रे र दिपेक कँडेलले ब्याटिङ गरिरहेका छन् । दीपकले ६२ रन बनाएका छन् भने दीपेश १६ रन बनाइरहेका छन् ।
त्यसअघि दीपक बोहराले ६५ रनमा आउट भए ।
नेपालले दोस्रो बलमै ओपनर तथा भरपर्दा ब्याटर अर्जुन कुमाललाई शून्य रनमा गुमाएको थियो। आकाश त्रिपाठी ९ बलमा ३ रन बनाउँदै आउट भएका थिए।

