
सन्दीपविरूद्धको मुद्दाको पेसी आज
काठमाडौं – नेपाली राष्ट्रिय टिमका सदस्य क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ ।
असोज महिनामा दुईपटक पेसी चढे पनि यसअघि स्थगित हुँदै आएको मुद्दाको पेसी आजलाई तोकिएको हो ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।



कागजपत्र |
