


हिरासतमा कुटपिट गरेको भन्दै प्रहरीविरुद्ध उजुरी

काठमाडौं- थुनुवामाथि मध्यरातिसम्म हतकडी लगाई बाहिर उभ्याएर राखेको र थुनामा रहेकै केला कुटपिट गरी घाइते बनाएको प्रहरीमाथि आरोप लागेको छ ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी कर्मचारीले थुनामा रहेका दीपेन्द्र अर्याल, अशोक श्रेष्ठ, रेशमबहादुर आले र मिलन कुँवरलाई मध्यराति १ बजेसम्म बाहिर उभ्याएर राखेको तथा हतकडी लगाएर कुटपिट गरेको आरोप लागेको हो ।
उनीहरुले प्रहरीले आफूहरूलाई चरम यातना दिएको भन्दै जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

