

५ बजे मन्त्रिपरिषद बैठक, त्यसअघि शितलनिवास पुगेका थिए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ५ बजे मन्त्रिपरिषदको बैठक डाकेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा विहीबार साँझ भेट गरेका उनले शुक्रबारका लागि मन्त्रिपरिषद बैठक डाकेका हुन्। नियमित मन्त्रिपरिषदको बैठक भने होइन।
प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको आदेश र १३ दिनभित्र संसद बैठक बोलाउन गरिएको परमादेशलाई केन्द्रमा राखेर मन्त्रिपरिषद बैठकलाई केलाइएको छ।
सरकारले प्रतिनिधि सभाको बैठक बोलाउन सक्ने अनुमान गरिएको छ। राष्ट्रपति समेतलाई भेट गरेर बैठक डाकिएका कारण यस्तो अनुमान लगाइएको हो।
ओली पक्षीय स्थायी समितिको बैठकले हालै सर्वोच्च अदालतको आदेशलाई पालना गर्दै संसद बैठक बोलाउने निर्णय पनि गरेको थियो।

