

विश्वकप क्रिकेटः आज भारत र अफगानिस्तान भिड्दै, पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौं — भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज आयोजक राष्ट्र भारत र अफगानिस्तान भिड्ने भएका छन् ।
दिल्ली क्रिकेट मैदानमा हुने खेलमा भारत लगातार दोस्रो जितको खोजीमा रहेको छ भने अफगानिस्तान भने जारी विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।
त्यसअघि मंगलबार सम्पन्न खेलमा पाकिस्तान र इङ्ल्याण्ड विजयी भएका छन् ।
पाकिस्तानले श्रीलंकालाई हराएको हो भने इङ्ल्याण्डले बंगलादेशलाई पराजित गरेको हो ।
यससँगै पाकिस्तान दुई खेलमा दुवैमा जित हात पारेको छ भने श्रीलंका दुवै खेलमा पराजित भएको छ । त्यस्तै इङ्ल्याण्ड र बंगलादेशले २÷२ खेलमा १÷१ जित हात पारेका छन् ।

