केपी ओलीको भाषण जसरी कुनै पनि देश विकास भएको छैन : घनश्याम भुसाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीले गरेका भाषण जसरी संसारको कुनै मुलुक विकास नभएको बताएका छन् । समाजवादी जागरण अभियानका क्रममा मंगलबार दाङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले भाषणमा ठुल्ठुला गफ दिने ओली प्रवुतिले देशको विकास नहुने बताएका हुन् ।

‘केपी ओलीले गरेका भाषण जसरी संसारको कुनै मुलुक विकास भएको छैन। ठ्याक्क चलाउनुस्, ग्यास आउँछ। ठ्याक्क चलाउनुस्, दूध आउँछ। भ्यूटावरले विकास हुन्छ। हाम्रो चुच्चे रेल चीन र भारततिर दगुर्छ। प्रशान्त महासागरमा हाम्रो पानीजहाज दगुर्छ जस्ता हावा गफ गरेर संसारमा कसैले विकास गरेको छैन’, भुसालको भनाइ छ।

सचिव भुसालले नेपालममा राजगारी श्रीजना गरी बेरोजगारी उन्मुलन गर्ने तिर ध्यान दिनुपर्ने बताए । कृषिमा आश्रित जनताको घरमा आफ्ना बालबच्चा पढाउनसक्ने, हुर्काउन सक्ने, खुवाउन सक्ने, औषधि उपचार गराउन सक्ने न्यूनतम पैसा पुग्नुपर्ने भुसालको भनाइ छ। राज्यको यसको जिम्मा लिनुपर्ने उनको प्रस्ताव छ। ‘आजको हिसाबले हेर्ने हो भने हरेक किसानको प्रतिमहिना ३५ हजार बच्ने कुराको ग्यारेन्टी गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया