एमाले सुदूरपश्चिम अध्यक्षका लागि ४ जनाको उम्मेदवारी


धनगढी — नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत पदम पालका अनुसार अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति एवम् प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैशी, संविधानसभा सदस्य तथा अछामकै पूर्व अध्यक्ष भरत साउँद र प्रदेश सचिवालय सदस्य वचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

दिउँसो साढे १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने साँझ ५ बजे मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया