सिंहदरबारमा सर्वदलीय बैठक जारी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठककेहीबेर अघि सुरु भएको हो ।

बैठकमा विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
त्यस्तै इजरायलमा भएको आक्रमणमा परका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराइने छ ।

आजै प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा शिक्षकसँग भएको सम्झौता कार्यान्वय र संशोधनको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया