नेपालमा थप ११२ मा संक्रमण, ८४ कोरोनामुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा ११२  जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ८४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा ८८२  रहेका छन् भने ६३ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रतिक्रिया