

एमाले गण्डकी प्रदेशको मतदान सम्पन्न

कास्की – नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत बिहीबार भएको मतदान सम्पन्न भएको छ ।
राति ९ बजे मतदान सकिँदा ८८७ जना निर्वाचनमा सहभागी भएको निर्वाचन समितिले जनाएको छ । कुल ९०७ मतदाता मध्ये २० जना भने मतदानमा सहभागी नभएका निर्वाचन समितिका संयोजक सुरेन्द्र थापा मगरले बताए ।
गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिले प्रक्रिया पुरा गरेर आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ ।

