

कांग्रेस सभापति देउवा अस्वस्थ्य, राजनीतिक भेटघाट बन्द

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । सभापति देउवा तीन दिनदेखि अस्वस्थ रहेका छन् ।
देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि देउवाले राजनीतिक भेटघाट बन्द गरेका छन् । देउवालाई सुरुमा रुघाखोकी लागेको थियो ।

